Translate

Saturday, July 4, 2026

भिजिट मधेश २०८३ लक्षित सरसफाइ अभियान: मलंगबाबा मन्दिर परिसर सफाइ, धार्मिक पर्यटन प्रवर्द्धनमा जोड



मधेशदूत समाचारदाता---
सर्लाही, असार २०

   ‘भिजिट मधेश २०८३’ अभियानलाई लक्षित गर्दै सर्लाहीको मलंगवास्थित ऐतिहासिक मलंगबाबा मन्दिर (मजार) परिसरमा शुक्रबार(असार१९ गते) सरसफाइ तथा प्रचार–प्रसार कार्यक्रम सम्पन्न गरिएको छ।
   कार्यक्रमअन्तर्गत मन्दिर परिसरको सरसफाइ गरिनुका साथै सरसफाइलाई निरन्तरता दिने उद्देश्यले वडा न-८ का वडाअध्यक्ष मुकेश जयसवालले मन्दिरका पुजारीलाई आवश्यक सरसफाइ सामग्री हस्तान्तरण गर्नुभयो।
   कार्यक्रमलाई सम्बोधन गर्दै वडा अध्यक्ष जैसवालले धार्मिक तथा पर्यटकीय महत्व बोकेको मलंगबाबा मन्दिरको स्वच्छता, संरक्षण र प्रवर्द्धन सबैको साझा जिम्मेवारी भएको उल्लेख गर्नुभयो। उहाँले ‘भिजिट मधेश २०८३’ अभियानले मधेश प्रदेशका धार्मिक तथा पर्यटकीय गन्तव्यको पहिचान स्थापित गर्न महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गर्नुभयो।
   उद्योग, वाणिज्य तथा पर्यटन मन्त्रालय, मधेश प्रदेशअन्तर्गत पर्यटन विकास कार्यालय, गौर (रौतहट) को सहयोग तथा श्री राम दुलारी शिव समाज केन्द्र, रौतहट को आयोजनामा कार्यक्रम सम्पन्न भएको हो।
  आयोजक संस्थाकी अध्यक्ष प्रभा सिंह ले यस्ता सरसफाइ तथा जनचेतनामूलक कार्यक्रमले धार्मिक पर्यटनको प्रवर्द्धन, वातावरण संरक्षण तथा पर्यटक आकर्षणमा सकारात्मक योगदान पुग्ने विश्वास व्यक्त गर्नुभयो।
   कार्यक्रममा वडा न–३ का वडा अध्यक्ष प्रमोद राय, स्वर्णिम एफएम का मनोज कुमार यादव, वर्षा एफएम का कृष्णा सिंह, मधेशदूत दैनिकका मनोज यादव, पावर अफ मधेश अनलाइन की सरिता मुखिया लगायत स्थानीय जनप्रतिनिधि, तथा सर्वसाधारणको उल्लेखनीय उपस्थिति रहेको थियो।


   त्यसैगरी आयोजक संस्थाकी उपाध्यक्ष बेबी पासवान, सचिव राजकिशोर सिंह, कोषाध्यक्ष सुनीता देवी, सदस्य शिवम कुँवर (राजु) लगायत पदाधिकारीहरूको समेत सहभागिता रहेको थियो।

No comments:

Post a Comment