अध्यक्ष बनेकै दिन दुई असहायलाई ह्विलचेयर प्रदान गर्दै कार्यकालको सुरुवात
मधेशदूत समाचारदाता---
सर्लाही ,असार २०
लायन्स क्लब अफ लालबन्दी सेन्चुरीका नवनिर्वाचित अध्यक्ष विक्रम खड्काले पदभार ग्रहण गरेकै दिन दुई जना अशक्त तथा आर्थिक रूपमा विपन्न व्यक्तिलाई ह्विलचेयर प्रदान गर्दै आफ्नो कार्यकालको सुरुवात गरेका छन्।
क्लबको वर्ष ई.स २०२६–२७ को नेतृत्व सम्हालेपछि अध्यक्ष खड्काले लालबन्दी–१५ निवासी ४१ वर्षीय आइतबहादुर तोलाङ्गे र लालबन्दी–१० निवासी ५५ वर्षीय मंगल सिंह सिङ्दनलाई दैनिक हिँड्डुलमा सहजता पुग्ने उद्देश्यले ह्विलचेयर हस्तान्तरण गरेका हुन्।
यस अवसरमा अध्यक्ष खड्काले "सहयोग भोलि होइन, आज आवश्यक परेकै बेला गर्नुपर्छ" भन्ने सोचका साथ सेवामूलक कार्यबाट आफ्नो कार्यकालको सुरुवात गरिएको बताए।
ह्विलचेयर वितरण अभियान सफल बनाउन सहयोग गर्ने समाजसेवी साकार शर्मा, गोपाल श्रेष्ठ, राजेश सिंह, मोहन राउत लगायत सम्पूर्ण सहयोगीप्रति उनले आभार व्यक्त गरे।
आर्थिक अवस्था कमजोर रहेका दुवै अशक्त व्यक्तिलाई सहज जीवनयापनमा सहयोग पुग्ने विश्वास व्यक्त गर्दै अध्यक्ष खड्काले आगामी दिनमा पनि लायन्स क्लब अफ लालबन्दी सेन्चुरीले शिक्षा, स्वास्थ्य, मानवीय सहायता तथा अन्य सामाजिक सेवामूलक कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता जनाए।
लायन्स क्लब अफ लालबन्दी सेन्चुरीले "लायन्सको मूल उद्देश्य सेवा हो" भन्ने भावनालाई आत्मसात् गर्दै समुदायको हितमा निरन्तर समर्पित भएर काम गर्ने जनाएको छ।
No comments:
Post a Comment