सामुदायिक वनको क्षेत्रमा अतुलनीय योगदान पुर्याएका व्यक्तिहरु सम्मानित
मधेशदूत समाचारदाता---
सर्लाही, जेठ १८
सामुदायिक वन उपभोक्ता महासंघको ३१औँ स्थापना दिवस विविध कार्यक्रमका साथ सम्पन्न गरिएको छ।
स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रममा सामुदायिक वन संरक्षण, व्यवस्थापन तथा वातावरणीय संरक्षणमा योगदान पुर्याउने व्यक्तित्वहरूलाई सम्मान गरिएको महासंघले जनाएको छ।
यस वर्षको उत्कृष्ट सामुदायिक वनका रूपमा छनोट भएका विष्णुपुर महिला सामुदायिक वनलाई उत्कृष्ट कार्यसम्पादन, वन संरक्षण तथा समुदायमा पुर्याएको योगदानको आधारमा सम्मान गरिएको महासंघले बताइएको छ।
त्यसैगरी सामुदायिक वनको क्षेत्रमा अतुलनीय योगदान पुर्याएका रमा पौडेल, राधाकान्त झा र पत्रकार जनार्जन खत्री लगायत शिक्षामा उत्कृष्ट प्रदर्शन गरेका विद्यार्थीहरूलाई पनि सम्मान गरिएको महासंघले जनाएको छ।
कार्यक्रममा वन संरक्षण, जैविक विविधताको संवर्द्धन तथा सामुदायिक वनको दिगो व्यवस्थापनमा सबै सरोकारवालाको सहकार्य आवश्यक रहेको वक्ताहरूले जोड दिएका थिए।
No comments:
Post a Comment