चेतना नै पहिलो ओखती हो! ✍️डा.गुणेश्वर झा
चेतना नै पहिलो ओखती हो!
✍️डा.गुणेश्वर झा
यतिबेला गर्मी अत्यधिक बढेको छ। यो मौसममा बालबालिकाहरूको रोग प्रतिरोधात्मक क्षमता कमजोर हुने हुनाले उनीहरू चाँडै बिरामी पर्न सक्छन्। अहिले बजारमा पाइने अस्वस्थकर खाजा र केमिकल हालेर पकाइएका फलफूलहरू हाम्रा सन्तानका लागि 'मन्द विष' बनिरहेका छन्।
आफ्ना बालबालिकालाई स्वस्थ राख्न आजैदेखि यी कुराहरूमा विशेष ध्यान दिऔँ:
👉 बजारका अस्वस्थकर खानेकुरालाई 'नाइँ' भनौँ:
बजारमा खुला रूपमा राखिएका, भुसिँएका र बासी खाजाहरू पटक्कै नखुवाऔँ।
👉 अत्यधिक गुलियो, रङ्गीचङ्गी आइसक्रिम, र चिसो पेय पदार्थ (Cold Drinks) को सट्टा घरमै बनाइएको ताजा फलफूलको रस, मोही वा कागती पानी दिने बानी बसालौँ।
🍇 रासायनिक विषादी (केमिकल) बाट बालबालिकालाई जोगाऔँ:
अहिले बजारमा पाइने आँप, केरा जस्ता फलफूलहरू चाँडो पकाउन 'क्याल्सियम कार्बाइड' जस्ता हानिकारक रसायनको प्रयोग बढी हुने गरेको पाइन्छ। यस्ता फलफूलले पेट दुख्ने, बान्ता हुने र कलेजोमा गम्भीर असर पुर्याउन सक्छ।
👉 फलफूल किन्दा प्राकृतिक रूपमा पाकेको (एकनासको पहेंलो नभई अलिअलि हरियो र विभिन्न रङ मिसिएको) मात्र रोजौँ।
👉 फलफूल खुवाउनु अघि कम्तीमा १ देखि २ घण्टा सफा पानीमा भिजाएर र राम्रोसँग पखालेर मात्र बोक्रा फाली खुवाउने गरौँ।
👉 बालबालिकालाई समय-समयमा उमालेर चिसो पारिएको सफा पानी प्रशस्त खुवाउनुहोस्।
थोरै लापरवाहीले हाम्रा बालबालिका गम्भीर बिरामी पर्न सक्छन्। विषादीयुक्त फलफूलप्रति सजग बनौँ, आफ्ना बालबालिकालाई सुरक्षित राखौँ।
यो जानकारी अरू अभिभावकहरूसम्म पुर्याउन धेरै भन्दा धेरै सेयर गरौँ!
No comments:
Post a Comment