बागमती खोलामा पौडी खेल्ने क्रममा ६ वर्षीय बालक बेपत्ता, खोजी कार्य जारी
 |
| प्रतीक फोंटो |
मधेशदूत समाचारदाता----
सर्लाही, असार ६
सर्लाहीको बागमती नगरपालिका–७ स्थित बागमती खोलामा पौडी खेल्ने क्रममा एक ६ वर्षीय बालक बेपत्ता भएका छन्।
प्रहरीका अनुसार स्थानीय सरगम माझीका ६ वर्षीय छोरा सफल माझी शुक्रवार अपराह्न करिब ४ बजे अन्य चार जना बालबालिकासँग बागमती खोलामा पौडी खेल्न गएका थिए। सो क्रममा सफल माझी खोलामा डुबेर बेपत्ता भएका हुन्। उनीसँग रहेका अन्य तीन जना बालबालिका भने सकुशल घर फर्किएका थिए।
घटनाबारे शनिवार बिहान करिब ६:३० बजे जानकारी प्राप्त हुनासाथ नेपाल प्रहरी को टोली खोज तथा उद्धार कार्यमा खटिएका छन् ।
प्रहरीले बेपत्ता बालकको खोजी कार्य जारी रहेको जनाएको छ। घटनाबारे थप विवरण आउन बाँकी रहेको छ।
No comments:
Post a Comment