Translate

Saturday, June 13, 2026

सर्लाही क्रिकेट संघको नयाँ नेतृत्व चयन, माधव कर्माचार्य अध्यक्षमा निर्वाचित



मधेशदूत समाचारदाता----
 सर्लाही, जेठ ३०

    “स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद” भन्ने नारासहित सर्लाही क्रिकेट संघको चुनावी वार्षिक साधारण सभा  मलंगवा–२ स्थित कवर्ड हलमा सम्पन्न भएको छ।
   शनिवार सम्पन्न भएको साधारण सभाबाट माधव कर्माचार्यको नेतृत्वमा १४ सदस्यीय नयाँ कार्यसमिति चयन भएको हो।
    संघका अनुसार उपाध्यक्षमा राम नन्दन महतो, सचिवमा सन्तोष दास तथा कोषाध्यक्षमा तुलसी राय यादव निर्वाचित भएका छन्।
त्यसैगरी सदस्यहरूमा राजेश कुमार साह, शत्रुधन प्रसाद साह, सबनम खातुन, प्रल्हाद दाहाल, शंकर नराल, रंजय राय, शिव कुमार राय, विनोद अधिकारी, सुवोध साह र राम वाग्ले निर्वाचित भएका छन्।
    नवनिर्वाचित पदाधिकारीहरूले जिल्लामा क्रिकेट खेलको विकास, खेलाडी उत्पादन तथा खेलकुद गतिविधिलाई थप प्रभावकारी बनाउने प्रतिबद्धता व्यक्त गरेका छन्। संघले नयाँ कार्यसमितिलाई सफल कार्यकालको शुभकामना समेत दिएको छ।

No comments:

Post a Comment