युवा समाजसेवी मनिष कुमारको उदाहरणीय पहल, विद्यालय र युवा समूहलाई खेलकुद सामग्री वितरण
सुनिल राय---
सर्लाही,जेठ २१
युवा शक्ति र खेलकुदको सम्मानलाई प्रवर्द्धन गर्ने उद्देश्यले युवा समाजसेवी मनिष कुमार ले आफ्नो व्यक्तिगत पहलमा विभिन्न शैक्षिक तथा सामाजिक संस्थाहरूलाई खेलकुद सामग्री वितरण गरेका छन्।
मलंगवा नगरपालिका वडा न-५ भाँडसर निवासी अन्जनी खिडहडीका छोरा मनिष कुमार द्वारा बिहिवार एक कार्यक्रमका बिच भाँडसर स्थित श्री रामगुलाम जनता माध्यमिक विद्यालयलाई भलिबल, फुटबललगायत विभिन्न खेलकुद सामग्री प्रदान गरिएको छ । साथै युवा समूह भाँडसर लाई क्रिकेट किट हस्तान्तरण र सोही ठाउँको इन्शान प्राथमिक विद्यालयलाई समेत दराजसहित विभिन्न खेलकुद सामग्री वितरण गरिएको आयोजकले जनाएको छ।
खेलकुद सामग्री वितरण कार्यक्रममार्फत विद्यार्थी तथा युवाहरूलाई खेलप्रति आकर्षित गर्दै स्वस्थ, अनुशासित र सिर्जनशील समाज निर्माणमा टेवा पुग्ने विश्वास व्यक्त गरिएको छ। कार्यक्रममा स्थानीय समाजसेवी, शिक्षक, विद्यार्थी, अभिभावक तथा विभिन्न क्षेत्रका व्यक्तित्वहरूको उल्लेखनीय सहभागिता रहेको थियो।
कार्यक्रमका अवसरमा श्री रामगुलाम जनता माध्यमिक विद्यालयका प्रधानाध्यापक मनोज कुमार कुशवाहाले विद्यालयलाई खेलकुद सामग्री उपलब्ध गराएकोमा समाजसेवी मनिष कुमारप्रति धन्यवाद व्यक्त गरेका थिए। कार्यक्रममा विशिष्ट अतिथि पुर्व प्रधानपञ्च नुरुल हक ,अन्जनी खिडहडीसहित विभिन्न सामाजिक तथा बुद्धिजीवी व्यक्तित्वहरूको उपस्थिति रहेको थियो।
कार्यक्रमलाई सम्बोधन गर्दै समाजसेवी मनिष कुमारले खेलकुद युवाहरूको पहिचान, क्षमता विकास र सम्मानको महत्वपूर्ण माध्यम भएकाले आगामी दिनमा पनि यस्ता सामाजिक तथा शैक्षिक सहयोगका कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरे।
“युवा शक्तिको पहिचान, खेलकुदको सम्मान” भन्ने मूल नारासहित सम्पन्न कार्यक्रमले स्थानीय स्तरमा सकारात्मक सन्देश प्रवाह गरेको सहभागीहरूले बताएका छन्।
No comments:
Post a Comment