Translate

Tuesday, May 5, 2026

पडरिया प्रिमियर लिग (PPL) पहिलो संस्करण सम्पन्न, जमुनिया बने पहिलो च्याम्पियन

  


मधेशदूत समाचारदाता---
सर्लाही,बैशाख २३

    सर्लाहीको चक्रघट्टा गाउँपालिका–५, पडरिया स्थित खेलमैदानमा आयोजना गरिएको पडरिया प्रिमियर लिग (PPL) को पहिलो संस्करण सफलतापूर्वक सम्पन्न भएको छ
   मंगलबार सम्पन्न फाइनल खेलमा जमुनिया टिमले उत्कृष्ट प्रदर्शन गर्दै उपाधि जितेको छ भने आयोजक टिम पडरिया उपविजेतामा सीमित भएको छ। वैशाख ११ गतेदेखि सुरु भएको प्रतियोगितामा विभिन्न टिमहरूबीच प्रतिस्पर्धात्मक खेलहरू सञ्चालन भएका थिए। अन्ततः जमुनिया र पडरिया बीचको रोमाञ्चक फाइनल खेलसँगै प्रतियोगिता समापन गरिएको हो।
   विजेता जमुनिया टिमलाई नगद रु. ३१,००० सहित कप, मेडल र प्रमाणपत्र प्रदान गरिएको थियो भने उपविजेता पडरिया टिमलाई नगद रु. १५,००० सहित कप, मेडल र प्रमाणपत्र प्रदान गरिएको आयोजकले जनाएको छ।
    प्रतियोगिताको समापन कार्यक्रममा प्रमुख अतिथिको रूपमा चक्रघट्टा गाउँपालिका–५ का वडा अध्यक्ष नागेन्द्र प्रसाद शाहको उपस्थिति रहेको थियो। उनले खेलकुदले युवाहरूलाई अनुशासित, सक्रिय र एकताबद्ध बनाउने उल्लेख गर्दै यस्ता प्रतियोगितालाई निरन्तरता दिन आवश्यक रहेको बताए।
   त्यसैगरी, जनशक्ति युवा क्लबका अध्यक्ष धिरेन्द्र ठाकुरले स्थानीय स्तरमा खेलकुद विकास तथा युवाहरूलाई सकारात्मक मार्गतर्फ अग्रसर गराउन यस्ता कार्यक्रम महत्वपूर्ण हुने बताए। उनले क्लबले आगामी दिनमा पनि यस्ता रचनात्मक गतिविधिमा सक्रिय भूमिका खेल्ने प्रतिबद्धता व्यक्त गरे।
  प्रतियोगितामा जनशक्ति युवा क्लब मुख्य प्रायोजकको रूपमा रहेको थियो भने विभिन्न व्यक्तिहरूबाट समेत आर्थिक सहयोग प्राप्त भएको थियो। उनीहरूलाई पनि सम्मानपत्र प्रदान गरी सम्मान गरिएको थियो।
  कार्यक्रमको संयोजन तथा व्यवस्थापन मनोज चौधरीले गरेका थिए। आयोजकका अनुसार पहिलो संस्करणको सफलतापछि आगामी दिनमा अझ व्यवस्थित रूपमा दोस्रो संस्करण आयोजना गरिने योजना रहेको छ।
  स्थानीय स्तरमा खेलकुद विकास, युवा सहभागिता वृद्धि तथा सामुदायिक एकता मजबुत बनाउन प्रतियोगिताले महत्वपूर्ण योगदान पुर्‍याएको विश्वास गरिएको छ।


No comments:

Post a Comment