Translate

Tuesday, May 5, 2026

सर्लाहीमा मोटरसाइकलको ठक्करबाट वृद्धको मृत्यु

  

मधेशदूत समाचारदाता----
सर्लाही, वैशाख २३

  सर्लाहीको बागमती नगरपालिकामा मोटरसाइकलले ठक्कर दिँदा एक वृद्धको मृत्यु भएको छ।
    सोमबार  साँझ करिब ५:४५ बजे बागमती नगरपालिका–२ स्थित धरहरा चौक नजिक नयाँ रोडबाट बरहथवा जाने सडक खण्डमा दुर्घटना भएको प्रहरीले जनाएको छ। भारतबाट आएको नम्बर प्लेट BR 33 BF 7821 भएको मोटरसाइकलले पैदल हिँडिरहेका स्थानीय ७५ वर्षीय हरि बहादुर अधिकारीलाई ठक्कर दिएको थियो।
दुर्घटनामा गम्भीर घाइते भएका अधिकारीलाई उपचारका लागि तत्काल वीरगञ्जतर्फ पठाइएको थियो। तर, बेलुका करिब ७:२५ बजे बारास्थित एल.एस. न्युरो अस्पतालमा चिकित्सकले उनलाई मृत घोषणा गरेको प्रहरीले जानकारी दिएको छ।
घटनापछि मोटरसाइकललाई अस्थायी प्रहरी चौकी ढुङ्ग्रेखोलाले नियन्त्रणमा लिएको छ भने चालक गोडैता नगरपालिका–२ का करिब २० वर्षीय शिवम कुश्वाहालाई इलाका प्रहरी कार्यालय हरिवनले नियन्त्रणमा लिएको छ।
प्रहरीले घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ।

No comments:

Post a Comment