Translate

Monday, May 18, 2026

सेवाग्राहीको गुनासोपछि हरिवन नगरपालिकाले फेर्‍यो कार्यालय समय , साबिककै समयअनुसार कार्यालय तथा विद्यालय सञ्चालन



मधेशदूत समाचारदाता----
सर्लाही, जेठ ५

    हरिवन नगरपालिकाले नगरभित्रका कार्यालय तथा विद्यालयहरू साबिककै समयअनुसार सञ्चालन भइरहेको जनाएको छ।
    केही साताअघि संघीय सरकारले आइतबारदेखि शुक्रबारसम्म बिहान ९ बजेदेखि साँझ ५ बजेसम्म कार्यालय सञ्चालन गर्न परिपत्र जारी गरेपछि सोहीअनुसार सेवा प्रवाह हुँदै आएको थियो। तर सेवाग्राही नागरिकबाट गुनासो आउन थालेपछि नगरपालिकाले स्थानीय तहको अधिकार प्रयोग गर्दै पुरानै समय तालिका लागू गर्ने निर्णय गरेको हो।
     नगर कार्यपालिका का अनुसार पालिका अन्तर्गतका सम्पूर्ण शाखा, उपशाखा, स्वास्थ्य संस्था, वडा कार्यालय तथा विद्यालयहरू साबिककै समयअनुसार सञ्चालन भइरहेको छ।
    नगर कार्यपालिकाको बैशाख २५ गतेको निर्णयअनुसार जेठ १ गतेदेखि लागू हुनेगरी  अर्को निर्णय नभएसम्म आइतबारदेखि बिहीबारसम्म बिहान १० बजेदेखि बेलुका ५ बजेसम्म तथा शुक्रबार बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म सेवा सञ्चालन भइरहेको छ।
   नगर प्रमुख रमेश बुढाथोकीले अत्यधिक गर्मी तथा मौसमको अवस्थालाई ध्यानमा राख्दै सेवाग्राही, विद्यार्थी तथा कर्मचारीको स्वास्थ्य सुरक्षालाई प्राथमिकतामा राखेर समय व्यवस्थापन गरिएको बताए।

No comments:

Post a Comment