Translate

Tuesday, May 26, 2026

सामाजिक सुरक्षा आधारभूत कार्यविधि निर्माणका लागि समिति गठन

 


मधेशदूत समाचारदाता---
 सर्लाही,जेठ १३

     सर्लाहीको हरिपुर नगरपालिकामा ग्रामीण नारी उत्थान सङ्घ द्वारा सेभ द चिल्ड्रेनको सहयोगमा सञ्चालित पहुुच परियोजनाको परिचयात्मक कार्यक्रम सम्पन्न भएको छ ।   
 कार्यक्रममा सामाजिक सुरक्षा भत्ता सम्बन्धी आधारभूत कार्यविधि निर्माणका लागि पाँच सदस्यीय समिति समेत गठन गरिएको छ ।
   हरिपुर नगरपालिकाकी उपप्रमुख नीलम देवी राय यादवको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नगरपालिकाका वडा अध्यक्षहरू, कार्यपालिका सदस्यहरू तथा विभिन्न विषयगत शाखाका प्रमुखहरूको सहभागिता रहेको थियो ।
   कार्यक्रममा संस्थाकी अध्यक्ष गोमा देवी न्यौपानेले उक्त परियोजना सर्लाहीको चार वटा पालिका तथा महोत्तरीका तीन वटा पालिकामा सञ्चालन गरिने जानकारी दिनुभयो । उहाँका अनुसार परियोजनामार्फत सामाजिक सुरक्षा, बालसंवेदनशील अभिभावक कक्षा तथा नीति निर्माणमा पैरवीका कार्यक्रम सञ्चालन गरिनेछ।  
    संस्थाका उपाध्यक्ष विष्णु प्रसाद चालिसेले परियोजनाले सामाजिक सुरक्षा क्षेत्रलाई थप प्रभावकारी बनाउन सहयोग पुग्ने बताउनुभयो । यस्तै, परियोजनाका प्रोजेक्ट अफिसर कृष्णराज धिमिरेले विपद् तथा जोखिम न्यूनीकरणका क्षेत्रमा समेत परियोजनाले काम गर्ने जानकारी दिनुभयो ।
   संस्थाका अनुसार चालु वर्ष २०२६ मा परियोजनामार्फत ९९ लाख ५३ हजार ५२४ रुपैयाँ बराबरका कार्यक्रम सञ्चालन गरिनेछ ।
   कार्यक्रमकै अवसरमा सामाजिक सुरक्षा भत्ता सम्बन्धी आधारभूत कार्यविधि निर्माण तथा सहजीकरणका लागि हरिपुर नगरपालिका–७ का वडा अध्यक्ष मनोजकुमार चौधरीको संयोजकत्वमा पाँच सदस्यीय समिति गठन गरिएको छ । समितिमा सामाजिक विकास शाखा प्रमुख नागेश्वर राय , वास्थ्य शाखा प्रमुख नवलकिशोर राय, महिला तथा बालबालिका शाखा प्रमुख सुधा काफ्ले, तथा सामाजिक सुरक्षा शाखा प्रमुख हरिकिशोर महतोसदस्य रहेका छन् ।
    समितिले नीति निर्माणमा आवश्यक पैरवी गर्दै सामाजिक सुरक्षा भत्ता सम्बन्धी आधारभूत कार्यविधि तयार पार्ने र कार्यपालिकाबाट पारित भएपछि कार्यान्वयनमा ल्याइने जनाइएको छ ।

No comments:

Post a Comment