इन्दुशंकर चिनी उद्योगद्वारा उखु किसानलाई २ अर्बभन्दा बढी भुक्तानी
मधेशदूत समाचारदाता----
सर्लाही, जेठ ११
सर्लाहीको हरिवन नगरपालिका स्थित रहेको इन्दु शंकर चिनी उद्योगले उखु किसानलाई दिनुपर्ने २ अर्बभन्दा बढी रकम भुक्तानी गरेको जनाएको छ।
उद्योगका प्रमुख प्रशासकीय अधिकृत ठाकुर प्रसाद नेपालका अनुसार क्रसिङ सिजन २०८२/०८३ मा किसानहरूबाट खरिद गरिएको सम्पूर्ण उखुको रकम भुक्तानी गरिएको हो।
उद्योगले उक्त सिजनमा ३२ लाख ९३ हजार १ सय २४ दशमलव ७९ क्विन्टल उखु खरिद गरेको थियो। खरिद गरिएको उखुबापत किसानलाई दिनुपर्ने कुल २ अर्ब २ करोड १८ लाख ६४ हजार १ सय ६९ रुपैयाँ उद्योगले भुक्तानी गरिसकेको जनाएको छ।
देशकै ठूला चिनी उद्योगमध्ये एक मानिने इन्दुशंकर चिनी उद्योगले समयमै भुक्तानी गरेपछि उखु किसानहरूमा राहत महसुस भएको बताइएको छ।
No comments:
Post a Comment