मलंगवामा निर्माणाधीन घरको छत भत्किँदा दुई मजदुरको मृत्यु
मधेशदूत समाचारदाता----
सर्लाही,बैशाख ३१
सर्लाहीको सदरमुकाम मलंगवामा निर्माणाधीन चार तले घरको छत भत्किँदा दुई मजदुरको ज्यान गएको छ । बुधबार साँझ भएको उक्त दुर्घटनामा मलंगवा नगरपालिका–२ का ५० वर्षीय छटु साह र हरिपुर्वा नगरपालिका–२ का ४० वर्षीय राजकिशोर यादवको मृत्यु भएको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय सर्लाहीका अनुसार मलंगवा नगरपालिका–१० निवासी रञ्जित यादवको निर्माणाधीन घरको माथिल्लो तलामा पानी ट्याङ्की राख्न बनाइएको ढलानमा प्लास्टर गर्ने क्रममा अचानक छत भत्किएको थियो । छतसँगै मजदुरहरू तल खस्दा उनीहरू गम्भीर घाइते भएका थिए ।
घटनापछि स्थानीयवासी र प्रहरीले दुवै जनालाई तत्काल उपचारका लागि प्रादेशिक अस्पताल मलंगवा पुर्याएका थिए । तर उपचारकै क्रममा चिकित्सकले उनीहरूलाई मृत घोषणा गरेका हुन् ।
प्रहरीले घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ ।
No comments:
Post a Comment