सर्लाहीमा १३ थान भन्सार छलिका भारतीय मोटरसाइकल नियन्त्रणमा
मधेशदूत समाचारदाता---
सर्लाही, वैशाख ३१
जिल्ला प्रहरी कार्यालय सर्लाही र जिल्ला ट्राफिक प्रहरी कार्यालय नवलपुर सर्लाहीको संयुक्त टोलीले २०८३ साल वैशाख महिनाभर विभिन्न मिति र स्थानबाट भन्सार छलि अनधिकृत रूपमा सञ्चालन गरिएका १३ थान भारतीय मोटरसाइकलरु नियन्त्रणमा लिएको छ ।
नियन्त्रणमा लिइएका मोटरसाइकलहरूको अनुमानित मूल्य ६ लाख ६० हजार रुपैयाँ रहेको प्रहरीले जनाएको छ । पक्राउ परेका मोटरसाइकलहरू आवश्यक कारबाहीका लागि सर्लाही भन्सार कार्यालय मलंगवा पठाइएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी नायव उपरीक्षक तथा प्रवक्ता सरोज राई ले जानकारी दिएका छन्
No comments:
Post a Comment