लाईफ लाइट कोचिङ सेन्टर भाँडसरबाट ६० जना विद्यार्थी उत्तीर्ण, एस.इ.ई मा A+ सहित उत्कृष्ट नतिजा
मधेशदूत समाचारदाता---
सर्लाही, वैशाख ३१
सर्लाहीको मलंगवा नगरपालिका–५, भाँडसरस्थित लाईफ लाइट कोचिङ सेन्टरले बैच–२०८२ मा उत्कृष्ट नतिजा हासिल गरेको छ। नियमित अध्ययनरत विद्यार्थीमध्ये ६० जना विभिन्न ग्रेडमा उत्तीर्ण भएका छन्।
कोचिङ सेन्टरका अनुसार A+ ३ जना, A- १२ जना, B+ ३१ जना, B- १२ जना, C+ १ जना र बाँकी C ग्रेडमा उत्तीर्ण भएका हुन्।
A+ ग्रेड ल्याउने विद्यार्थीहरूमा शिवम कुमार यादव, निमेष कुमार महतो र गुन्जा कुमारी साह रहेका छन्। उनीहरूको उत्कृष्ट प्रदर्शनले कोचिङ सेन्टरको शैक्षिक गुणस्तर झल्काएको बताइएको छ।
कोचिङ सेन्टरका संचालक कामेन्द्र कुमार महराले सफल भएका सम्पूर्ण विद्यार्थीहरूलाई बधाई तथा आगामी दिनका लागि शुभकामना व्यक्त गरेका छन्। उनीहरु ग्रामीण भेगका विद्यार्थी भएपनि निरन्तर मेहनत, नियमित अध्ययन र अनुशासनले नै यस्तो नतिजा सम्भव भएको उनले बताए।
स्थानीय अभिभावक तथा सरोकारवालाहरूले पनि विद्यार्थीहरूको सफलताप्रति खुशी व्यक्त गर्दै कोचिङ सेन्टरको भूमिका सकारात्मक रहेको बताएका छन्।
No comments:
Post a Comment