Translate

Wednesday, May 13, 2026

वर्षौंदेखि भाडा नतिर्ने सटरहरुमा प्रादेशिक अस्पताल मलंगवाको तालाबन्दी, २० लाख भन्दा बढी रकम उठ्न बाँकी

  


मधेशदूत समाचारदाता---
सर्लाही, वैशाख ३१

    प्रादेशिक अस्पताल मलंगवाको स्वामित्वमा रहेका वर्षौंदेखि भाडा नतिरेका ६ वटा सटरमा अस्पताल प्रशासनले बुधबार तालाबन्दी गरेको छ। 
   लामो समयदेखि पटक–पटक ताकेता गर्दा समेत भाडा रकम नबुझाएपछि बाध्य भएर सटर बन्द गरिएको अस्पताल प्रशासनले जनाएको छ।
अस्पताल व्यवस्थापन समितिका अध्यक्ष दिपेन्द्र यादव का अनुसार ती सटरबाट उठ्नुपर्ने २० लाख रुपैयाँभन्दा बढी रकम बक्यौता रहेको छ। अस्पतालको आम्दानी स्रोत नै प्रभावित हुने अवस्था आएपछि कानुनी प्रक्रिया अनुसार तालाबन्दी गरिएको उनले बताए।
   अध्यक्ष यादवले बक्यौता रकम तत्काल बुझाउन सम्बन्धित व्यवसायीलाई पुनः आग्रह गर्दै अस्पतालको सम्पत्ति दुरुपयोग हुन नदिइने स्पष्ट पारे। 
  अस्पतालको आर्थिक व्यवस्थापन सुदृढ बनाउन बक्यौता असुली अभियानलाई निरन्तर अघि बढाइने समेत उनले जानकारी दिए।

No comments:

Post a Comment