Translate

Thursday, May 7, 2026

बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु,बस चालक फरार

 


मधेशदूत समाचारदाता----
सर्लाही, वैशाख २५

   सर्लाहीको हरीपुर्वा नगरपालिका–९ स्थित संग्रामपुर–बाँके सडकखण्ड अन्तर्गत खिला नजिक बिहीबार भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ।
    बिहान करिब ८:३० बजे संग्रामपुरबाट बाँकेतर्फ आउँदै गरेको ग १ ख ९४६७ नम्बरको यात्रुबाहक बसले विपरीत दिशातर्फ जाँदै गरेको ना ४८ प ४७० नम्बरको अपाचे मोटरसाइकललाई ठक्कर दिएको प्रहरीले जनाएको छ।
   दुर्घटनामा मोटरसाइकल चालक महोत्तरी गौशाला नगरपालिका–१२ कान्तिबजार निवासी अन्दाजी ३५/३६ वर्षीय पप्पु भनिने श्याम ठाकुर गम्भीर घाइते भएका थिए। उनको टाउकोमा गम्भीर चोट लागेको अवस्थामा उपचारका लागि एम्बुलेन्समार्फत प्रादेशिक अस्पताल मलंगवा पठाइएको थियो। अस्पतालमा ल्याइसके पछि जाँच गर्दा बिहान ९:३५ बजे  चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए ।
  दुर्घटनामा संलग्न बस,बसका साहु पर्सा गाउँपालिका–२ संग्रामपुर निवासी अन्दाजी २७ वर्षीय मनिष कुमार महतो तथा मोटरसाइकललाई प्रहरीले नियन्त्रणमा लिएको छ। बस चालक  कबिलासी नगरपालिका सलेमपुर निवासी अन्दाजी ४५ वर्षीय बद्री मण्डल रहेको बुझिएको भए पनि उनी हाल फरार रहेका छन्। प्रहरीले चालकको खोजी कार्य जारी रहेको सर्लाही प्रहरीका प्रवक्ता एवं डिएसपी सरोज राईले जनाएको छ।


No comments:

Post a Comment