Translate

Thursday, May 7, 2026

मलंगवामा गरगहना चोरी प्रकरण: चोरीमा संलग्न ३ जना बालक र २ जना महिला पक्राउ

  


मधेशदूत समाचारदाता---
सर्लाही,बैशाख २५

    सर्लाहीको मलंगवा नगरपालिका–८ हनुमान टोलस्थित एक घरमा भएको गरगहना चोरी प्रकरणमा प्रहरीले पाँच जनालाई नियन्त्रणमा लिएको छ। घटनामा तीन जना कानुनको विवादमा परेका बालक तथा दुई जना अन्य प्रतिवादी संलग्न रहेको प्रहरीले जनाएको छ।
   जिल्ला प्रहरी कार्यालय सर्लाहीका अनुसार सोमबार राति करिब २:५२ बजे स्थानीय राजीव शर्माको घरबाट विभिन्न किसिमका सुनचाँदीका गरगहना तथा अन्य सामान चोरी भएको सूचना प्राप्त भएपछि प्रहरीले घटनास्थलको सूक्ष्म अवलोकनसहित विभिन्न प्रविधिको प्रयोग गरी अनुसन्धान अघि बढाएको थियो।
   अनुसन्धानका क्रममा प्रहरीले मंगलबार तीन जना बालक तथा दुई जना अन्य व्यक्तिलाई नियन्त्रणमा लिएको जनाएको छ। नियन्त्रणमा लिइएकामध्ये १४, १५ र ११ वर्षका तीन जना बालक रहेका छन्। साथै ४० वर्षीया एक महिला र ३५ वर्षीया अर्की महिलालाई समेत पक्राउ गरिएको प्रहरीले जनाएको छ।
    प्रहरीले उनीहरूको घरमा खानतलासी गर्दा चोरी भएका विभिन्न गरगहना तथा सामानहरू बरामद गरेको जनाएको छ। बरामद सामग्रीमा सुनका औँठी, मंगलसूत्र, तिलहरी, कानका टप, चाँदीका बाला, पाउजु, बिछिया, घडी, पर्स, मोबाइल, चेकबुक लगायतका सामानहरु रहेका छन्।


   पक्राउ परेकाहरूलाई मंगलबार  सर्लाही जिल्ला अदालत मलंगवाबाट चोरी तथा डाँका सम्बन्धी कसूर मुद्दामा तीन दिनको म्याद थप अनुमति लिई थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता एवं डिएसपी सरोज राईले जनाएको छ।

No comments:

Post a Comment