Translate

Sunday, May 31, 2026

कबिलासी नगरपालिका द्वारा लामखुट्टे नियन्त्रणका लागि गरिएको औषधि छर्काइप्रति स्थानीयबासी असन्तुष्ट ,अनियमितताको आशंका ,पारदर्शिताको माग

 


मनोज यादव---
सर्लाही,जेठ १८

    कबिलासी नगरपालिका वडा नं. १०, सलेमपुरमा लामखुट्टे नियन्त्रणका लागि औषधि छर्किए पनि स्थानीयवासीले अपेक्षित परिणाम नदेखिएको भन्दै कामको गुणस्तर र कार्यान्वयन प्रक्रियाबारे प्रश्न उठाएका छन्।
  स्थानीयका अनुसार औषधि छर्किएको भनिए पनि लामखुट्टेको प्रकोपमा खासै कमी नआएको गुनासो बढेको छ। यससँगै औषधि छर्काइको प्रभावकारिता, प्रयोग गरिएको सामग्री र कार्यसम्पादनको शैलीप्रति समेत शंका व्यक्त गरिएको छ।
    स्थानीयहरुले औषधि छर्काइमा अनियमितता वा लापरवाही भएको हुनसक्ने आशंका गर्दै सम्बन्धित निकायको ध्यानाकर्षण गराएका छन्। जनस्वास्थ्यसँग प्रत्यक्ष सम्बन्धित यस कार्यक्रमको प्रभावकारिता कमजोर देखिएको भन्दै पारदर्शिताको माग तीव्र बनेको छ।
   स्थानीयवासीले प्रयोग गरिएको औषधिको नाम, खरिद प्रक्रिया, लागत विवरण तथा कामको अनुगमन कसरी गरिएको हो भन्ने विषयमा स्पष्ट जानकारी सार्वजनिक गर्न सम्बन्धित निकायसँग आग्रह गरेका छन्।
उनीहरूले यस्ता सार्वजनिक स्वास्थ्यसम्बन्धी कार्यक्रमहरूमा जवाफदेहिता र पारदर्शिता अनिवार्य हुनुपर्नेमा जोड दिएका छन्। लामखुट्टे नियन्त्रण जस्तो संवेदनशील विषयमा गरिएको काम प्रभावकारी नहुँदा स्थानीयमा असन्तुष्टि बढ्दै गएको देखिन्छ।
   यस विषयमा सम्बन्धित पालिकाले छिट्टै स्पष्टता दिनुपर्ने स्थानीयले माग गरेका छन् ।

No comments:

Post a Comment