मधेशदूत समाचारदाता----
सर्लाही, जेठ १७
सर्लाहीको रामनगर गाउँपालिकामा विद्युतीय मोटरमा नुहाउने क्रममा करेन्ट लागेर एक महिलाको मृत्यु भएको छ।
जिल्ला प्रहरी कार्यालय सर्लाहीका अनुसार रामनगर गा.पा वडा न-६ मलघट्टाटोल निवासी रामानन्द रायकी श्रीमती अन्दाजी ५० वर्षीया मिथलेसिया देवीको मृत्यु भएको हो। आफ्नै घर पछाडि रहेको ट्युबवेल कलमा जडान गरिएको विद्युतीय मोटरमा नुहाउने क्रममा अचानक करेन्ट लाग्दा उनी गम्भीर घाइते भएकी थिइन्। उपचारका लागि लैजाने क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ।
![]() |
| मृतक |
घटनाबारे आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता प्रहरी नायव उपरीक्षक वेदप्रसाद गौतमले जानकारी दिएका छन्।


No comments:
Post a Comment