Translate

Sunday, May 10, 2026

हरिवनमा नेपाल कुशवाहा कल्याण समाज नगर समितिको बैठक सम्पन्न

 



मधेशदूत समाचारदाता
सर्लाही, बैशाख २७

नेपाल कुशवाहा कल्याण समाज हरिवन नगर समितिको बैठक शुक्रबार हरिवनमा सम्पन्न भएको छ। नगर समिति अध्यक्ष हरिदेव कुशवाहाको अध्यक्षतामा आयोजित बैठकमा समाजका विभिन्न तहका पदाधिकारी, बुद्धिजीवी तथा समुदायका अगुवाहरूको सहभागिता रहेको थियो।
    बैठकमा कुशवाहा बुद्धिजीवी समाजका केन्द्रीय सदस्य श्यामचन्द्र कुशवाहा, सर्लाही जिल्ला अध्यक्ष रामविश्वास कुशवाहा, जनप्रतिनिधि अजयकुमार कुशवाहा, जिल्ला सदस्य शिला कुमारी कुशवाहा, क्याम्पस प्राध्यापक प्रदीप कुशवाहा, जिल्ला सहसचिव जितेन्द्र कुशवाहा, नगर सचिव वीरेन्द्र कुशवाहा तथा पूर्व बैंक प्रबन्धक विजयकुमार कुशवाहालगायतको उपस्थिति रहेको थियो।
   कार्यक्रममा सहभागीहरूले आपसी भेटघाट तथा शुभकामना आदान–प्रदान गर्दै समाजको संगठन विस्तार, सामाजिक एकता तथा आगामी गतिविधिबारे विस्तृत छलफल गरेका थिए। बैठकले हरिवन नगर समितिको अधिवेशन सम्पन्न गर्न आवश्यक तयारी अघि बढाउने निर्णय गर्नुका साथै अधिवेशनको मिति समेत तय गरेको जनाइएको छ।
   वक्ताहरूले समाजलाई अझ सुदृढ बनाउँदै युवाहरूको सक्रिय सहभागिता बढाउनुपर्ने तथा समुदायको हकहित र सामाजिक विकासका लागि सबै एकजुट भएर अगाडि बढ्नुपर्नेमा जोड दिएका थिए।

No comments:

Post a Comment