Translate

Sunday, May 10, 2026

नेपाली नक्कली नोट कारोबारको पर्दाफास, सोनबरसा क्षेत्रबाट एक पक्राउ

 


मधेशदूत समाचारदाता---
सर्लाही, बैशाख २७

   भारत–नेपाल सीमावर्ती क्षेत्रमा सञ्चालन हुँदै आएको नक्कली भारतीय तथा नेपाली मुद्रा कारोबारको ठूलो गिरोह पर्दाफास भएको छ।
भारतीय सशस्त्र सीमा बल (एसएसबी) को ५१ औँ बटालियन तथा बिहार स्पेसल टास्क फोर्स (एसटीएफ) को संयुक्त टोलीले गरेको विशेष कारबाहीमा एक जना तस्कर पक्राउ परेका छन्।
प्राप्त जानकारीअनुसार भारतको बिहार राज्य अन्तर्गत सीतामढी जिल्लाको सोनबरसा स्थित इन्दरवा सीमाक्षेत्र नजिक गरिएको छापामारीका क्रममा रामप्रीत महतोलाई नियन्त्रणमा लिइएको हो। पक्राउ परेका व्यक्तिबाट करिब १ लाख ३० हजार रुपैयाँ बराबरका नक्कली भारतीय नोट, ५० हजार रुपैयाँ बराबरका नेपाली नक्कली मुद्रा तथा ठूलो परिमाणमा नगद बरामद गरिएको बताइएको छ।
सुरक्षा निकायका अनुसार सीमाक्षेत्रमा लामो समयदेखि नक्कली मुद्रा कारोबार भइरहेको गोप्य सूचनाका आधारमा संयुक्त अपरेशन सञ्चालन गरिएको थियो। कारबाहीपछि सम्पूर्ण सीमावर्ती क्षेत्रमा सुरक्षा सतर्कता थप कडा बनाइएको छ भने घटनाबारे थप अनुसन्धान जारी रहेको जनाइएको छ।
नक्कली मुद्रा कारोबारले सीमाक्षेत्रको सुरक्षा चुनौती थप बढाएको भन्दै सुरक्षा निकायले यस्ता अवैध गतिविधिमा संलग्न व्यक्तिमाथि निगरानी र कारबाहीलाई अझ तीव्र बनाइने जनाएको छ।

No comments:

Post a Comment