Translate

Sunday, May 24, 2026

हरिपुर्वामा बाल अधिकार तथा बाल संरक्षणसम्बन्धी तीन दिने तालिम सुरु

  


मधेशदूत समाचारदाता----
सर्लाही, जेठ ११

    सर्लाहीको हरिपुर्वा नगरपालिका का बाल अधिकार समितिका पदाधिकारीहरूलाई लक्षित गरी तीन दिने बाल अधिकार तथा बाल संरक्षणसम्बन्धी क्षमता अभिवृद्धि तालिम सुरु गरिएको छ।
  वर्ल्ड भिजन इन्टरनेशनलको आर्थिक सहयोगमा बागमतीसेवा समाज नेपाल र हरिपुर्वा नगरपालिका को साझेदारीमा सञ्चालित ‘बाल समृद्धि र एकीकृत विकासका लागि हातेमालो परियोजना’ अन्तर्गत उक्त तालिम सञ्चालन गरिएको हो।
   जिल्लाको हरिवन नगरपालिका–९ नयाँरोडस्थित बगैंचा होटलमा आइतवारदेखि सुरु भएको तालिमको सहजीकरण बाल विज्ञ विद्यासागर पाण्डेले गरिरहेका छन्। तालिममा हरिपुर्वा नगरपालिकाका बाल अधिकार समितिका पदाधिकारीहरूको सहभागिता रहेको छ।
   हातेमालो परियोजनाका संयोजक कुमार भण्डारीका अनुसार तालिममार्फत बाल अधिकारको अवधारणा, घर, विद्यालय तथा समुदायमा बालमैत्री वातावरण सिर्जना गर्ने उपाय, बालबालिकाको सर्वाङ्गीण विकासका लागि समितिका पदाधिकारीहरूको भूमिका लगायतका विषयमा सहभागीहरूलाई विस्तृत जानकारी दिइनेछ।
   उनले परियोजनाले सर्लाहीको हरिपुर्वा नगरपालिका र पर्सा गाउँपालिका मा बाल अधिकार तथा बाल संरक्षणका क्षेत्रमा विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको जानकारी दिए।
आयोजकका अनुसार उक्त तालिमले बालबालिकामैत्री स्थानीय वातावरण निर्माण गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ।

No comments:

Post a Comment