Translate

Friday, May 15, 2026

मलंगवा-१० दुई मजदुर मृत्यु प्रकरण :ठेकेदार पक्राउ




मधेशदूत समाचारदाता---
सर्लाही, जेठ १

   सर्लाहीको मलंगवा नगरपालिका–१० मा निर्माणाधीन चारतल्ले पक्की घरको पानी ट्याङ्की राख्ने छत खस्दा दुई जना मजदुरको मृत्यु भएको घटनामा प्रहरीले ठेकेदारलाई पक्राउ गरेको छ।
    जिल्ला प्रहरी कार्यालय सर्लाहीका अनुसार मलंगवा नगरपालिका–३ निवासी सुनिल साह भन्ने सुलिन्द्र प्रसाद साहलाई कानुन बमोजिम नियन्त्रणमा लिई अनुसन्धान अघि बढाइएको हो।  सर्लाही जिल्ला अदालत मलंगवाबाट ज्यान सम्बन्धी कसूर मुद्दामा पाँच दिनको म्याद थप अनुमति समेत प्राप्त भएको प्रहरीले जनाएको छ।
  गत बुधबार  दिउँसो करिब ४ः३० बजे रंजीत यादवको निर्माणाधीन चारतल्ले पक्की घरमा काम भइरहेको बेला पानी ट्याङ्की राख्ने छत जमिनमा खसेको थियो। दुर्घटनामा मिस्त्रीको काम गरिरहेका मलंगवा नगरपालिका–२ निवासी अन्दाजी ५० वर्षीय छटु साह र हरिपुर्वा नगरपालिका–२ निवासी अन्दाजी ४० वर्षीय राजकिशोर यादव गम्भीर घाइते भएका थिए।
घाइते दुवै जनालाई उपचारका लागि प्रादेशिक अस्पताल मलंगवा पुर्‍याइएकोमा चिकित्सकले मृत घोषणा गरेका थिए। 

No comments:

Post a Comment