रास्वपाद्वारा मलंगवाका दुई वडामा तदर्थ समिति गठन
मधेशदूत समाचारदाता----
मलंगवा, जेठ ७
राष्ट्रिय स्वतन्त्र पार्टी नेपालले सर्लाहीको मलंगवा नगरपालिका वडा नं. ५ भाँडसर तथा वडा नं. ६ खुटौनामा बुधबार वडा तदर्थ समिति गठन गरेको छ।
पार्टी संगठन विस्तार तथा स्थानीय स्तरमा गतिविधि प्रभावकारी बनाउने उद्देश्यले दुवै वडामा तदर्थ समिति गठन गरिएको जनाइएको छ।
रास्वपाले नवगठित समितिका सम्पूर्ण पदाधिकारीलाई बधाई तथा शुभकामना व्यक्त गर्दै जनताको हक, अधिकार, सुशासन र पारदर्शिताको यात्रामा सक्रिय भूमिका निर्वाह गर्ने अपेक्षा गरेको जनाएको छ।
पार्टीका स्थानीय नेताहरूले नयाँ समितिले संगठन सुदृढीकरणसँगै जनताका समस्या समाधान र सामाजिक उत्तरदायित्वका काममा अग्रसर हुने विश्वास व्यक्त गरेका छन्।
No comments:
Post a Comment