Translate

Friday, May 15, 2026

हरिवनमा बसको ठक्करबाट पैदल यात्रीको मृत्यु

 



मधेशदूत समाचारदाता---
सर्लाही,बैशाख १

    सर्लाहीको हरिवन नगरपालिका–११ कडरिया चौकस्थित पूर्व–पश्चिम लोकमार्गमा बसको ठक्करबाट एक पैदल यात्रीको मृत्यु भएको छ।
    बुधबार राति करिब सवा ११ बजे गाईघाटबाट काठमाडौंतर्फ जाँदै गरेको बा.प्र.-०१-००६ ख ९६७० नम्बरको बसले मागी खाई हिँड्ने जस्तो देखिने अन्दाजी ३५/४० वर्षीय पुरुषलाई ठक्कर दिएको प्रहरीले जनाएको छ। दुर्घटनामा गम्भीर घाइते भएका ती व्यक्तिको घटनास्थलमै मृत्यु भएको हो।
    प्रहरीले घटनास्थलको मुचुल्कालगायत कानुनी प्रक्रिया पूरा गरी शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल मलंगवा पठाएको जनाएको छ।
    दुर्घटनामा संलग्न बस र चालक उदयपुर जिल्लाको त्रियुगा नगरपालिका–१० बासबारी निवासी ३५ वर्षीय कृष्णबहादुर खत्रीलाई प्रहरीले नियन्त्रणमा लिएर  थप अनुसन्धान गरिरहेको सर्लाही प्रहरीका प्रवक्ता एवं डिएसपी सरोज राईले  मधेशदूतलाई जनाएको छ।

No comments:

Post a Comment