गोडैतामा सडेगलेको अवस्थामा पुरुषको शव फेला
मधेशदूत समाचारदाता
सर्लाही, बैशाख २८
सर्लाहीको गोडैता नगरपालिका–६ बग्दहस्थित चिनि मिल नजिक हुलाकी सडक खण्डको छेउमा आइतबार एक पुरुषको शव फेला परेको छ।
प्रहरीका अनुसार साँझ करिब ४ः३० बजे अन्दाजी ४० देखि ४५ वर्ष उमेर समूहका पुरुषको शव सडेगलेको अवस्थामा फेला परेको हो।
हालसम्म मृतकको नाम, थर तथा ठेगाना खुल्न नसकेको तथा घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
No comments:
Post a Comment