Translate

Sunday, May 3, 2026

नारायणपुरमा बालविवाह विरुद्ध जनचेतनामूलक कार्यक्रम सम्पन्न

 


मधेशदूत समाचारदाता---
सर्लाही,बैशाख २०

   पर्सा गाउँपालिका वडा नं. ३, नारायणपुरमा बालविवाह विरुद्ध जनचेतनामूलक कार्यक्रम सम्पन्न गरिएको छ। बाल समृद्धि र एकिकृत विकासका लागि हातेमालो परियोजना अन्तर्गत बागमती सेवा समाज र पर्सा गाउँपालिकाको संयुक्त आयोजना तथा वर्ड भिजन इन्टरनेशनल नेपालको सहयोगमा बाल बिवाह विरुद्धको दिवस २०८३ को अवसरमा कार्यक्रम आयोजना गरिएको हो।
   समाजमा विद्यमान बालविवाह जस्तो कुप्रथाको अन्त्य गर्दै बालबालिकाको अधिकार, शिक्षा, स्वास्थ्य तथा सुरक्षित भविष्य सुनिश्चित गर्ने उद्देश्यले आयोजना गरिएको
कार्यक्रममा बोल्दै गाउँपालिका अध्यक्ष धिरेन्द्र राय ‘विस्पत’ले बालविवाह जस्तो सामाजिक विकृतिको अन्त्यका लागि सबैको संयुक्त पहल आवश्यक रहेको बताउनुभयो। उहाँले बालबालिकाको भविष्य सुरक्षित बनाउन शिक्षा र चेतनाको भूमिका महत्वपूर्ण हुने उल्लेख गर्दै स्थानीय तहले यस विषयलाई प्राथमिकतामा राखेर काम गरिरहेको जानकारी दिनुभयो।
   कार्यक्रममा स्थानीय जनप्रतिनिधि, शिक्षक, अभिभावक,किशोर किशोरी  तथा स्थानीयहरुको उल्लेखनीय सहभागिता रहेको थियो। सहभागीहरूले बालविवाहले पार्ने नकारात्मक असरबारे जानकारी लिँदै यसको न्यूनीकरणका लागि सामूहिक प्रयास आवश्यक रहेको धारणा व्यक्त गरेका छन्। वक्ताहरूले बालविवाह अन्त्यका लागि जनचेतना अभिवृद्धि, शिक्षा विस्तार र कानुनी कार्यान्वयनलाई थप प्रभावकारी बनाउनुपर्नेमा जोड दिएका थिए। साथै, सामाजिक परिवर्तनका लागि सबैले आ–आफ्नो ठाउँबाट सचेतना फैलाउने प्रतिबद्धता व्यक्त गरेका छन्।
   “सभ्य समाज निर्माणका लागि बालविवाह अन्त्य गरौं, उज्ज्वल भविष्य सुनिश्चित गरौं” भन्ने सन्देशका साथ कार्यक्रम सम्पन्न भएको हो।

No comments:

Post a Comment