Translate

Tuesday, May 12, 2026

एसइई मा पब्लिक मावि मलंगवाको उत्कृष्ट नतिजा : ४ विद्यार्थीको 4.00 GPA सहित 97.51% विद्यार्थी उत्तीर्ण

  



मधेशदूत समाचारदाता----
सर्लाही,बैशाख ३०

   सर्लाहीको मलंगवा नगरपालिका–२ स्थित श्री पब्लिक माध्यमिक विद्यालय ले यस वर्षको एसईई परीक्षामा उत्कृष्ट नतिजा हासिल गरेको छ।
विद्यालयबाट एसईई परीक्षामा सहभागी भएका कुल १६१ जना परीक्षार्थीमध्ये ४ जना विद्यार्थीले 4.00 GPA ल्याउन सफल भएका छन् भने १५७ जना विद्यार्थी उत्तीर्ण भएका छन्। यससँगै विद्यालयले 97.51 प्रतिशत सफलता हासिल गरेको मलंगवा नगरपालिका शिक्षा शाखाले जनाएको छ।
विद्यालयका शिक्षक राम विश्वास साहका अनुसार विद्यालयमा नेपाली तथा अंग्रेजी दुवै माध्यमबाट अध्यापन हुँदै आएको छ। गुणस्तरीय शिक्षण, विद्यार्थीको मेहनत तथा अभिभावकको सहयोगका कारण उत्कृष्ट नतिजा सम्भव भएको उनले बताए।
विद्यालयको उत्कृष्ट नतिजापछि विद्यार्थी, शिक्षक तथा अभिभावकहरूमा खुसीको माहोल छ। 

No comments:

Post a Comment