Translate

Thursday, April 9, 2026

GEN-Z आन्दोलनका क्रममा फरार थुनुवा मलंगवाबाट पक्राउ

 


मधेशदूत समाचारदाता----
सर्लाही, चैत २७

   GEN-Z आन्दोलनका क्रममा कारागारबाट फरार भएका एक थुनुवालाई प्रहरीले पक्राउ गरेको छ।
   जिल्ला प्रहरी कार्यालय सर्लाहीका अनुसार, मलंगवा नगरपालिका–९ गोरखकाली क्षेत्रबाट २५ वर्षीय सुनिल बरही (करियाकवा) लाई बिहीबार नियन्त्रणमा लिइएको हो। उनी अपहरण, शरीर बन्धक तथा कर्तव्य ज्यान मुद्दामा पुर्पक्षका क्रममा रहेका फरार प्रतिवादी हुन्।
   प्रहरीका अनुसार, बरही भदौ २३/२४ गतेको GEN-Z आन्दोलनको क्रममा सिन्धुली कारागारको पर्खाल फुटाएर फरार भएका थिए। विशेष सूचनाका आधारमा खटिएको प्रहरी टोलीले उनलाई मलंगवाबाट पक्राउ गर्न सफल भएको जनाएको छ।
   प्रहरी निरीक्षक तथा सूचना अधिकारी विशाल बहादुर बुढाथोकीका अनुसार,२०७८ चैत २० गते  मलंगवा नगरपालिका–१२ का ८ वर्षीय बालक आकाश कुमार ठाकुरलाई अपहरण गरी फिरौती मागिएको थियो। आरोपितहरूले फेसबुकमार्फत १५ लाख रुपैयाँ माग्दै बालकलाई बन्धक बनाएका थिए। प्रहरीले अनुसन्धान गर्दा, अपहरणपछि बालकको हत्या गरी शव प्लास्टिकको बोरामा राखेर छिमेकीको घर नजिक रहेको सेफ्टी ट्यांकीमा फालिएको अवस्थामा फेला परेको थियो।
उक्त घटनामा संलग्न सुनिल बरही त्यसयता फरार रहँदै आएका थिए।
   

No comments:

Post a Comment