मानसिक सन्तुलन कमजोर भएकी महिला दुई हप्तादेखि बेपत्ता
मधेशदूत समाचारदाता---
सर्लाही, बैशाख १३
सर्लाहीको गोडैता नगरपालिका–९, बकैनिया निवासी करिब ३४/३५ वर्षीया धनिया देवी साह तेली विगत दुई हप्तादेखि बेपत्ता भएकी छन्।
परिवारका अनुसार उनी चैत २७ गते साँझ घरबाट निस्किएपछि हालसम्म सम्पर्कविहीन बनेकी हुन्।
मानसिक सन्तुलन कमजोर रहेकी धनिया देवी घरबाट निस्केर सदरमुकाम मलंगवा हुँदै भारतको सीमावर्ती क्षेत्र सोनबर्षासम्म पुगेको जानकारी प्राप्त भएको परिवारले जनाएको छ।
यसैक्रममा उनी विगतमा उपचार गराउँदै आएको भारतको सीतामढीस्थित एक अस्पतालसम्म पुगेको बुझिए पनि त्यसपछि उनी कहाँ गइन् भन्नेबारे कुनै जानकारी प्राप्त हुन सकेको छैन।
हराउँदा उनले रातो साडी लगाएकी थिइन् भने गलामा मंगलसूत्र रहेको बताइएको छ। उनको हुलिया मध्यम कदको र न कालो न गोरो वर्णकी रहेको परिवारले जनाएको छ।
परिवारले उनको खोजी कार्यलाई तीव्र बनाएको जनाउँदै उनलाई कहिँ कतै देखेमा नजिकको प्रहरी कार्यालयमा जानकारी गराउन वा उनका श्रीमान् शिवजी साहको सम्पर्क नम्बर ९८२५८०३३३८ वा ९८१७८४९६४९ मा खबर गरिदिन आग्रह गरेका छन्।
खोजीमा सहयोग गर्ने व्यक्तिलाई उचित पुरस्कारको व्यवस्था गरिएको पनि परिवारले जनाएको छ।
No comments:
Post a Comment