Translate

Thursday, April 2, 2026

रामवनमा एउटै रुखमा दुई किशोरी झुण्डिएको अवस्थामा मृत फेला

 




मधेशदूत समाचारदाता---
सर्लाही, चैत १९

   सर्लाहीको गोडैता नगरपालिका–५ रामवनमा दुई किशोरी झुण्डिएको अवस्थामा मृत फेला परेका छन्।
   प्रहरीका अनुसार रामनगर गाउँपालिका–६ निवासी बिनोद दासकी १७ वर्षीया छोरी संगिता दास र सोही ठाउँका इन्द्रजित दासकी १८ वर्षीया छोरी नागिना दास बुधबार साँझ करिब ६ बजे आँपको रुखमा झुण्डिएको अवस्थामा फेला परेका हुन्। दुबै जनाले एउटै हाँगामा प्लास्टिकको डोरी प्रयोग गरी पासो लगाएको अवस्थामा शव भेटिएको प्रहरीले जनाएको छ।
   घटनाको खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय हरकठवाबाट प्रहरी नायब निरीक्षक पदम बहादुर खड्काको कमाण्डमा टोली घटनास्थल पुगेको थियो। साथै जिल्ला प्रहरी कार्यालय सर्लाहीबाट प्रहरी निरीक्षक बिन्देश्वर प्रसाद यादवको नेतृत्वमा टोलीसमेत खटिएको थियो।
   घटनाको कारण खुल्न नसकेको र यस सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता एवं डिएसपी सरोज राईले जनाएको छ।

No comments:

Post a Comment