Translate

Thursday, April 2, 2026

शासकीय सुधारको प्रभाव: सागरनाथ वन परियोजनामा कर्मचारी संगठन समाप्त

  



मधेशदूत समाचारदाता----
सर्लाही, चैत्र १९

    सर्लाहीस्थित सागरनाथ वन विकास परियोजनाका कर्मचारीहरूले नेपाल सरकारले स्वीकृत गरेको शासकीय सुधार कार्यसूचीको समर्थन गर्दै आफ्नो संगठनको प्रारम्भिक कार्य समिति भंग गरेका छन्।
    नेपाल सरकारले चैत्र १३ गतेको मन्त्रिपरिषद् बैठकमा दलगत ट्रेड युनियनहरू खारेज गर्ने निर्णय गरेको थियो। सो निर्णयको कार्यान्वयनमा सागरनाथ वन परियोजनाले आफ्ना कर्मचारीहरूले स्वेच्छा र सकारात्मक दृष्टिकोण देखाउँदै संगठन विघटनको घोषणा गरेको छ।
   परियोजनाका सचिव युवराज कार्की र कार्यवाहक अध्यक्ष प्रदीप अर्यालद्वारा जारी सूचनामा, कर्मचारी संगठनको विघटन सबैसँग जानकारीका लागि अनुरोध गरिएको छ। यसअघि राष्ट्रिय परीक्षा बोर्डअन्तर्गतको कर्मचारी युनियनले पनि सोही निर्णयलाई समर्थन गर्दै आफ्नो युनियन विघटन गरेको थियो।
   विशेषज्ञहरूको दृष्टिले यो कदम सरकारी सुधार कार्यान्वयनमा कर्मचारीहरूको सहकार्य र स्वीकृतिको सकारात्मक संकेतको रुपमा लिइएको छ।


No comments:

Post a Comment