Translate

Saturday, April 18, 2026

पुरानो रिसिबीका कारण भएको झगडामा युवकमाथि कैंची प्रहार ,दुई जना नियन्त्रणमा

 


मधेशदूत समाचारदाता---
सर्लाही, वैशाख ६

   सर्लाहीको गोडैता नगरपालिकामा पुरानो रिसीबीका कारण भएको झगडामा एक युवक गम्भीर घाइते भएका छन्।
   शनिबार साँझ करिब ६:१५ बजे गोडैता नगरपालिका–७ का मुरतुजा दर्जीका १८ वर्षीय छोरा इबरान दर्जी मिया र वडा नं. ९ का खैरु बैठाका १८ वर्षीय छोरा अपसैद बैठाबीच विवाद भएको थियो। विवाद बढ्दै जाँदा झै–झगडाको रूप लिँदा सोही स्थानका राजकुमार दासका १८ वर्षीय छोरा आकाश दासमाथि पछाडिबाट धारिलो हतियार (कैची) प्रहार गरिएको प्रहरीले जनाएको छ।
   कैँची प्रहारबाट आकाशको टाउको र पिठ्युमा गम्भीर चोट लागेको छ। उनलाई तत्काल प्रादेशिक अस्पताल मलंगवामा उपचारका लागि लगिएको थियो। 
  प्रहरीका अनुसार घाइतेको अवस्था जटिल देखिएपछि राति करिब ८:१० बजे थप उपचारका लागि उनलाई वीरगञ्जस्थित नेशनल अस्पताल रिफर गरिएको छ।
    घटनापछि प्रहरी चौकी गोडैताबाट खटिई गएको टोलीले आक्रमणमा संलग्न इबरान र अपसैदलाई नियन्त्रणमा लिई जिल्ला प्रहरी कार्यालय सर्लाही पठाइएको छ।
  घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

No comments:

Post a Comment