खैर्वा स्वास्थ्य चौकीमा किटजन्य रोग नियन्त्रण विषयक अभिमुखीकरण कार्यक्रम सम्पन्न
मधेशदूत समाचारदाता----
सर्लाही, चैत २३
रामनगर गाउँपालिका अन्तर्गत खैर्वा स्वास्थ्य चौकीमा आइतवार डेङगू, जापानिज इन्सेफ्लाटिस लगायतका किटजन्य रोगहरूको नियन्त्रणका लागि लामखुट्टेको व्यवस्थापन र लार्भा नष्ट गर्ने विषयमा सामुदायिक, परिचालन तथा सरोकारवालाहरूको अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ।
कार्यक्रमको अध्यक्षता खैर्वा स्वास्थ्य चौकी इन्चार्ज पवन कुमार यादवले गरेका थिए । कार्यक्रममा रामनगर गाउँपालिका स्वास्थ्य शाखाका प्रमुख संतोष यादव, भेक्टर कन्ट्रोलका फोकल पर्सन मनोज झा, सबै वडाका स्वास्थ्य चौकी इन्चार्ज, स्वास्थ्य स्वयंसेविका तथा पत्रकारहरूको उपस्थिती रहेको थियो।
कार्यक्रममा सहभागीहरूलाई किटजन्य रोग रोकथाम, लामखुट्टेको प्रकोप व्यवस्थापन, लार्भा नष्ट गर्ने उपायहरू र जनचेतनामूलक गतिविधिहरूको बारेमा प्रशिक्षण दिइएको थियो।
आयोजकका अनुसार, यस्ता गतिविधिहरूले समुदायमा रोग नियन्त्रणमा सहयोग पुर्याउने र जोखिम न्यून गर्ने विश्वास व्यक्त गरिएको छ।
No comments:
Post a Comment