जिंगडवामा झुण्डिएर एक विवाहित महिलाको मृत्यु
मधेशदूत समाचारदाता---
सर्लाही, चैत २३
सर्लाहीको पर्सा गाउँपालिका–४ जिगडवामा एक विवाहित महिलाको झुण्डिएर मृत्यु भएको छ। मृत्यु हुनेमा स्थानीय शोभा साहकी २५ वर्षीया श्रीमती रुपा साह रहेकी छन्।
जिल्ला प्रहरी कार्यालय सर्लाहीका अनुसार आइतवार बिहान करिब १० बजेतिर रुपा आफ्नै घरको सुत्ने कोठामा बाँसको बलोमा सलको पासो लगाई झुण्डिएको अवस्थामा फेला परेकी थिइन्। घटनाबारे सवा १० बजे प्रहरी चौकी नारायणपुरमा जानकारी प्राप्त हुनासाथ प्रहरी टोली घटनास्थल पुगेका थिए । थप अनुसन्धानका लागि जिप्रका मलंगवाबाट समेत प्रहरी टोली खटि माइती पक्षका आफन्तहरूको उपस्थितमा शवको मुचुल्का गरि पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल मलंगवा पठाइएको थियो। पोष्टमार्टम पश्चात महिलाको शव ससुरा शम्भु प्रसाद साहले बुझेर लगेको प्रहरीले जनाएको छ।
घटनाको सम्बन्धमा थप अनुसन्धान जारी रहेको प्रहरी प्रवक्ता एवं डिएसपी सरोज राईले जनाएको छ।
No comments:
Post a Comment