Translate

Saturday, April 4, 2026

सर्लाहीमा एसइई उत्तरपुस्तिका परीक्षा केन्द्रमै परीक्षण

 



मधेशदूत समाचारदाता----
सर्लाही, चैत २२

  

सर्लाहीमा माध्यमिक शिक्षा परीक्षा (एसइई) को उत्तरपुस्तिका अब परीक्षा केन्द्रमै परीक्षण हुँदैछ। यस वर्षदेखि सरकारको निर्णयअनुसार परीक्षा सकिएलगत्तै मूल्याङ्कन सुरु हुने भएकाले विद्यार्थीहरूले छिट्टै नतिजा पाउने सम्भावना छ।
   शिक्षा विकास तथा समन्वय इकाई मलंगवाका सूचना अधिकारी सुनिलकुमार कुशवाहाका अनुसार जिल्लाका ३५ वटा परीक्षा केन्द्रमा परीक्षा सम्पन्न हुनासाथ शिक्षकहरूले प्रत्यक्ष रूपमा उत्तरपुस्तिका परीक्षण गरिरहेका छन्। परीक्षण कार्य प्रहरीको सुरक्षा र निगरानीमा भइरहेको छ।
    प्रमुख जिल्ला अधिकारी रामुराज कडरियाले जिल्लाभर परीक्षा शान्तिपूर्ण रूपमा सञ्चालन भइरहेको जानकारी दिएको छ । आज (आइतवार) संचालन भइरहेको अनिवार्य गणित विषयको उत्तरपुस्तिका पनि सम्बन्धित केन्द्रमै परीक्षण हुने जनाइएको  छ।
   यस नयाँ प्रणालीले पारदर्शिता बढाउने र नतिजा प्रकाशन छिटो गर्ने लक्ष्य राखेको छ।


No comments:

Post a Comment