Translate

Sunday, April 5, 2026

मलंगवामा मालपोत र ट्रायल सेन्टरबाट ९ जना बिचौलियाहरु पक्राउ


AI photo


मधेशदूत समाचारदाता----
सर्लाही, चैत २३

  सर्लाहीमा सरकारी कामकाजमा बाधा पुर्‍याउने तथा सेवाग्राहीसँग अनावश्यक रकम माग गर्ने बिचौलियाहरूलाई प्रहरीले पक्राउ गरेको छ।
    जिल्ला प्रहरी कार्यालय सर्लाहीका अनुसार,आइतवार अपराह्न ४:५० बजे, मलंगवा नगरपालिका वडा न-९ स्थित मलंगबाबा  ट्रायल सेन्टर र वडा न-८ स्थित मालपोत कार्यालयमा अनुसन्धान टोली खटिएर सेवाग्राहीसँग अतिरिक्त रकम माग गर्ने ९ जनालाई नियन्त्रणमा लिएको हो।
  मलंगवावा ट्रायल सेन्टरबाट मलंगवा-६,खुटौनाका राम बिनोद साहको २७ वर्षीय छोरा 
जय प्रकाश साह र गान्धी साहको २० वर्षीय छोरा
रवि साह रहेका छन् ।
   त्यस्तै मालपोत कार्यालयबाट हरिपुर्वा न.पा-६ का नारायण राय यादवको ४० वर्षीय छोरा
प्रमोद कुमार यादव,मलंगवा न.पा. १ भेडियाहीका योगेन्द्र यादवको छोरा ५८ वर्षीय 
नन्दकिशोर यादब ,ब्रह्मपुरी गाउँपालिका -७ का जुगेश्वर रायको छोरा ४५ वर्षीय नागेन्द्र यादव,चन्द्रनगे गा.पा-१ का राधेश्याम रायको ४५ वर्षीय छोरा रामबिनय राय,कबिलासी न.पा-१ का सुरेन्द्र ठाकुरको ३२ वर्षीय छोरा रन्जन कुमार ठाकुर, चक्रघट्टा गा.पा-२ का मुनि साहको छोरा ४० वर्षीय छोरा प्रमोद साह, ईश्वरपुर न.पा-५ का राम वृक्ष महतोको ४१ वर्षीय छोरा योगेन्द्र महतो रहेका छन् ।
  पक्राउ परेकाहरूलाई थप अनुसन्धानको लागि जिप्रका मलंगवाको हिरासतमा राखि अनुसन्धान जारी रहेको प्रहरी प्रवक्ता एवं डिएसपी सरोज राईले जनाएको छ।


No comments:

Post a Comment