Translate

Wednesday, April 29, 2026

सर्लाही क्षेत्र नं. २ मा कांग्रेसको ‘जरा अभियान’ सुरु

 


मधेशदूत समाचारदाता---
सर्लाही, वैशाख १६

    नेपाली काँग्रेसले देशव्यापी रूपमा सञ्चालन गरेको ‘जरा अभियान’ सर्लाही क्षेत्र नं. २ मा पनि औपचारिक रूपमा सुरु भएको छ।
   पार्टीको केन्द्रीय कार्यालयको परिपत्रअनुसार मंगलबार सर्लाही क्षेत्र नं. २ को आयोजनामा मलंगवास्थित पार्टी कार्यालयमा कार्यक्रम सम्पन्न भएको हो। क्षेत्रीय सभापति कौशल किशोर रायको अध्यक्षतामा आयोजित कार्यक्रममा केन्द्रीय सदस्य सुनिल कुमार यादव र बलदेव सिन्हाले संयुक्त रूपमा अभियानको शुभारम्भ गरेका हुन्।


   कार्यक्रममा बोल्दै केन्द्रीय नेतृत्वले अभियानलाई प्रभावकारी रूपमा अगाडि बढाउन निर्देशन दिएको जनाउँदै सभापति रायले क्षेत्र नं. २ अन्तर्गतका सबै वडाहरूमा ‘जरा अभियान’ सफलतापूर्वक सञ्चालन गर्ने सर्वसम्मत निर्णय भएको जानकारी दिए।
    उक्त कार्यक्रममा मधेश प्रदेशका स्वास्थ्य मन्त्री जंगीलाल राय, पूर्व जिल्ला सभापति लक्षमण राय,जिल्ला सचिव मनोज कुमार यादव,कबिलासी नगरपालिकाका नगरप्रमुख ब्रम्हदेव राय,कौडेना गाउँपालिका अध्यक्ष रुपेश कुमार'बब्लु'  लगायत क्षेत्रीय कार्यसमिति, महाधिवेशन प्रतिनिधि, प्रदेश प्रतिनिधि,काँग्रेसबाट निर्वाचित जनप्रतिनिधि तथा वडा सभापतिहरूको उल्लेख्य उपस्थिति रहेको थियो।


   कांग्रेसले ‘जरा अभियान’ मार्फत संगठन सुदृढीकरण र आधार तहसम्म पार्टीको पहुँच विस्तार गर्ने लक्ष्य राखेको जनाएको छ।

No comments:

Post a Comment