Translate

Wednesday, April 29, 2026

भूर्गी पैनी भत्किँदा किसान मारमा, आरसीसी बाँध निर्माणका लागि नापजाँच सुरु



मधेशदूत समाचारदाता
सर्लाही, वैशाख १६

   मलंगवा नगरपालिका वडा नं. ६ खुटौना लगायत आसपासका गाउँ बस्तीमा रहेको भूर्गी पैनी भत्किँदा स्थानीय किसानहरू बाली लगाउन समस्यामा परेका छन्। सिंचाइको मुख्य स्रोतका रूपमा रहेको पैनी बिग्रिएपछि खेतमा पानी पुर्‍याउन कठिनाइ भइरहेको छ।
   यस समस्याको दीर्घकालीन समाधानका लागि पैनीमा पक्की आरसीसी बाँध निर्माण गर्ने उद्देश्यले मंगलबार प्राविधिक टोलीले स्थलगत नापजाँच कार्य सम्पन्न गरेको छ।
   वडाअध्यक्ष राम कैलाश यादवका अनुसार किसानहरूलाई सहज रूपमा सिंचाइ सुविधा उपलब्ध गराउन र कृषि उत्पादन बढाउन यो योजना अघि बढाइएको हो। उहाँले विकास निर्माणका कार्य सफल बनाउन सबै पक्षको साथ, सहयोग र सकारात्मक सोच आवश्यक रहने पनि बताउनुभयो।
  स्थानीय किसानहरूले समेत आरसीसी बाँध निर्माण भएपछि सिंचाइ समस्या समाधान भई कृषि उत्पादनमा सुधार आउने अपेक्षा गरेका छन्।

No comments:

Post a Comment