मलंगवाको वडा न-७ मुसैलीबाट सुरु भयो लामखुट्टे नियन्त्रण अभियान / नागरिकलाई सतर्कता अपनाउन आग्रह
मधेशदूत समाचारदाता----
सर्लाही, चैत २९
मलंगवा नगरपालिकाले लामखुट्टे नियन्त्रणका लागि औषधि छर्कने अभियान सुरु गरेको छ। नगरपालिकाले १२ वटै वडामा सञ्चालन हुने उक्त अभियानलाई प्रभावकारी बनाउन सबै वडा कार्यालय तथा स्वास्थ्य संस्थालाई आवश्यक समन्वय र सहयोग गर्न आग्रह गरेको छ।
प्रमुख प्रशासकीय अधिकृत होमनाथ सुवेदीका अनुसार विगत लामो समयदेखि सरसफाइमा कमी हुँदा लामखुट्टेको संख्या बढ्दै गएको छ, जसका कारण डेङ्गी र मलेरिया जस्ता रोगको जोखिम समेत उच्च भएको छ। यही जोखिमलाई ध्यानमा राख्दै नियन्त्रण अभियान अघि बढाइएको उनले बताए।
स्वास्थ्य शाखा प्रमुख विष्णुकान्त साहका अनुसार पछिल्लो समय वडा नम्बर २, ६ र ७ मा डेङ्गीका संक्रमित भेटिएपछि उच्च जोखिमलाई मध्यनजर गर्दै औषधि छर्कने कार्य वडा नम्बर ७ मुसैलीबाट सुरु गरिएको हो। उनले अभियान सफल बनाउन स्थानीयवासीलाई घर वरपर पानी जम्न नदिन, नियमित सरसफाइ गर्न तथा सम्बन्धित निकायसँग सहकार्य गर्न समेत आग्रह गरेको छ।
उक्त लामखुट्टे नियन्त्रण अभियान चैत २६ गतेदेखि सुरु भएको स्वास्थ्य शाखा प्रमुख साहले जनाएको छ।
No comments:
Post a Comment