अदालतले तारेखमा छोडेपछि काँग्रेस नेता गजेन्द्र साहको प्रतिक्रिया प्रहरी अनुसन्धानमाथि गम्भीर आरोप
मधेशदूत समाचारदाता---
सर्लाही, बैशाख १०
करिब एक महिनादेखि प्रहरी अनुसन्धानको सिकार बनेको भन्दै नेपाली कांग्रेस सर्लाहीका नेता गजेन्द्र साहले अदालतको निर्णयपछि आफ्नो धारणा सार्वजनिक गरेका छन्। अदालतले उनलाई तारेखमा छोडेपछि उनले न्याय पाएको बताएका छन्।
साहले आफू लामो समयदेखि समाजसेवा र नेपाली कांग्रेसको अग्रपंक्तिमा सक्रिय रहेको उल्लेख गर्दै इलाका प्रहरी कार्यालय बरहथवाका डीएसपी निरञ्जन भट्टराईको नेतृत्वमा राजनीतिक दबाब र प्रभावमा बदनियतपूर्वक अनुसन्धान गरिएको आरोप लगाएका छन्। उनका अनुसार “ज्यान मार्ने उद्योग” मुद्दामा आफूहरूविरुद्ध फर्जी कागजात तयार गरी पक्राउ पुर्जी जारी गरिएको र प्रहरीले पक्षपातपूर्ण रूपमा मुद्दा अघि बढाएको दाबी गरेका छन्।
उनले प्रहरीको यस्तो व्यवहारले मानसिक तनाव दिएको भन्दै असन्तुष्टि व्यक्त गर्दै न्याय नपाएसम्म कानुनी लडाइँ जारी राख्ने बताएका छन्।
साहको भनाइमा उनले आफूलाई साथ दिने वकिल, पार्टीका नेता, कार्यकर्ता र शुभचिन्तकप्रति आभार समेत व्यक्त गरेका छन्।
उनले अन्त्यमा “न्याय नपाउन्जेल मेरो कानुनी संघर्ष जारी रहनेछ” भन्दै प्रतिक्रिया दिएका छन्।
No comments:
Post a Comment