कानुनप्रति सम्मान देखाउँदै अदालत पुगे कांग्रेस नेता सिंह र साह, धरौटीमा रिहा
मधेशदूत समाचारदाता---
सर्लाही, बैशाख १०
नेपाली कांग्रेस सर्लाहीका निवर्तमान सभापति सुरेन्द्र प्रसाद सिंह र नेता गजेन्द्र साह अदालतमा स्वयं उपस्थित भई धरौटीमा रिहा भएका छन्।
गत वर्ष बसबरियामा भएको घटनामा ज्यान मार्ने उद्योगको मुद्दा दायर भए पनि अदालतले प्रमाणको अवस्था हेर्दै सिंहलाई १ लाख र साहलाई १० हजार रुपैयाँ धरौटीमा छाड्ने आदेश दिएको हो।
स्वयं अदालतमा उपस्थित हुनु र कानुनी प्रक्रियामा सहकार्य गर्नुले उनीहरूले न्याय प्रणालीप्रति विश्वास देखाएको विश्लेषण गरिएको छ।
धरौटीमा रिहाइले अदालतले तत्काल थुनामा राख्नुपर्ने आधार नदेखेको संकेत गर्दै व्यक्तिगत स्वतन्त्रता र न्यायिक सन्तुलनलाई प्राथमिकता दिएको बुझिन्छ।
No comments:
Post a Comment