गहिरो पानीमा फसेका १० वर्षीय बालकको प्रहरीद्वारा सकुशल उद्धार
मधेशदूत समाचारदाता
सर्लाही, चैत १७
सर्लाहीको मलंगवा नगरपालिका–९ मा गहिरो पानीमा फसेका एक बालकलाई प्रहरीले सकुशल उद्धार गरेको छ।
स्थानीयका अनुसार मंगलबार राति करिब ११ बजे स्थानीय विजय सहनीका १० वर्षीय छोरा प्रिन्स सहनी घरबाट रिसाएर निस्किएका थिए। त्यसक्रममा उनी वडा नं. ९ को वडा कार्यालय पछाडि रहेको खाली जग्गामा जमेको करिब ४ फिट गहिरो पानीमा करिब २०० मिटर भित्र फसेका थिए।
बालक रुन कराउन थालेपछि स्थानीयले तत्काल प्रहरीलाई खबर गरेका थिए। खबर पाउनासाथ जिविस चोकमा ड्युटीमा रहेका प्रहरी सहायक हवलदार सेकिचन चौरसिया घटनास्थल पुगेका थिए। उनले जोखिम मोलेर गहिरो पानीमा पसेर बालकको सकुशल उद्धार गरेका थिए।
उद्धारपछि बालकलाई सुरक्षित रूपमा अभिभावकको जिम्मा लगाइएको प्रहरीले जनाएको छ।
प्र.स.ह चौरसियाको साहसिक कार्यप्रति स्थानीयवासीले प्रशंसा गरेका छन्।
No comments:
Post a Comment