भाँडसरमा कक्षा १० का विद्यार्थीहरुको विदाई
मधेशदूत समाचारदाता---
सर्लाही,चैत १८
मलंगवा नगरपालिका-५, भाँडसरमा रहेको लाईफ लाईट कोचिङ्ग सेन्टरले कक्षा १० (SEE Batch 2082) का विद्यार्थीहरुको विदाई तथा शुभकामना आदानप्रदान कार्यक्रम मंगलबार हर्षोल्लासपूर्ण रूपमा सम्पन्न गरेको छ।
वडा कार्यालयको प्रांगणमा आयोजना भएको कार्यक्रममा कोचिङ्गका विद्यार्थीहरुले नृत्य, अनुभव साझा, सर-सल्लाह र उत्साहपूर्ण गतिविधिहरु प्रस्तुत गरेका थिए ।
वडा न-५ का वडाअध्यक्ष मो. जुल्फ फकार अलीको अध्यक्षता तथा भूपु प्राधानाध्यापक डा. विरभंश बैठाको प्रमुख अतिथ्यता रहेको
कार्यक्रममा शिक्षक,विद्यार्थी ,स्थानीय समाजसेवी र स्थानिय जनप्रतिनिधिहरुको उपस्थित रहेको थियो।
यसै अवसरमा सहभागी अतिथिहरुले विद्यार्थीहरुलाई उज्जवल भविष्यका लागि शुभकामना दिइएका थिए । कार्यक्रम कोचिङ्गका संस्थापक प्रअ कामेन्द्र महराको नेतृत्वमा संचालन गरिएको थियो भने आयोजना कक्षा ८ र ९ का विद्यार्थीहरुले गरेका थिए।
No comments:
Post a Comment