ग्रीन ल्याण्ड मावि मलंगवामा कक्षा १२ का विद्यार्थीलाई बिदाई
मधेशदूत समाचारदाता---
सर्लाही, बैशाख ९
सर्लाहीको सदरमुकाम मलंगवा नगरपालिका–१० स्थित मलंगवा ग्रीन ल्याण्ड अंग्रेजी आवासीय माध्यमिक विद्यालयमा कक्षा १२ मा अध्ययनरत विद्यार्थीहरूलाई एक कार्यक्रमका बीच बिदाई गरिएको छ। कक्षा ११ मा अध्ययनरत विद्यार्थीहरूले आफ्ना अग्रजलाई बिदाई गरेका हुन्।
विद्यालयका कोडिनेटर जितेन्द्र प्रसाद सिंहको अध्यक्षतामा सम्पन्न कार्यक्रममा विभिन्न विद्यालयका शिक्षक तथा सरोकारवालाहरूको उपस्थिति रहेको थियो। कार्यक्रमको उद्घाटन कोडिनेटर सिंह तथा अतिथिहरूद्वारा देवी सरस्वतीको तस्बिरमा माल्यार्पण तथा मैनबत्ती प्रज्वलन गरी गरिएको थियो।
कार्यक्रममा पब्लिक माविका चेतनारायण बैठाले स्वागत मन्तव्य व्यक्त गरेका थिए भने विद्यार्थीको तर्फबाट कक्षा १२ की छात्रा शान्ती मिश्राले आफ्नो अनुभव र भावनाहरू प्रस्तुत गरिन्। यस्तै, शिक्षकको तर्फबाट प्रेम यादवले विद्यार्थीहरूको उज्ज्वल भविष्यको कामना गर्दै शुभकामना मन्तव्य दिएका थिए।
कार्यक्रमका अवसरमा परीक्षामा उत्कृष्ट प्रदर्शन गर्ने विद्यार्थीहरूलाई पुरस्कार वितरण गरिएको थियो भने बिदाई हुने विद्यार्थीहरूलाई मायाको चिनो प्रदान गरिएको थियो।
सोमबार विद्यालयको प्रांगणमा सम्पन्न भएको उक्त कार्यक्रममा सुबेदार नन्दलाल जनता माविका प्रअ सुबोध कुमार साह, बौधीदेवी मावि मुसैलीका प्रअ देवेन्द्र दुबे, सुन्दरपुर माविका प्रअ राज किशोर महतो, पत्रकारद्वय बख्तियार अली र मनोज यादव लगायतको उपस्थिति रहेको थियो।
No comments:
Post a Comment