Translate

Thursday, April 30, 2026

मलंगवाका निजी स्वास्थ्य संस्थाहरुलाई २ हप्ताभित्र अनुमति लिन नगरपालिकाको निर्देशन

 . 


मधेशदूत समाचारदाता---
सर्लाही, बैशाख १७

    मलंगवा नगरपालिका नगर कार्यपालिकाको कार्यालय अन्तर्गत स्वास्थ्य व्यवस्थापन समितिको निर्णयअनुसार नगरभित्र सञ्चालित सम्पूर्ण निजी स्वास्थ्य संस्थालाई अनिवार्य रूपमा सञ्चालन अनुमति लिन निर्देशन दिइएको छ।
  बुधबार बसेको समितिको बैठकले “स्वास्थ्य संस्था स्थापना, सञ्चालन तथा स्तरन्नति मापदण्ड सम्बन्धी निर्देशिका २०७०”, “जनस्वास्थ्य सेवा नियमावली २०७७” तथा “मलंगवा नगरपालिका स्वास्थ्य सेवा ऐन २०८०” बमोजिम सबै निजी स्वास्थ्य संस्थाले २ हप्ताभित्र अनुमति प्रक्रिया पूरा गर्नुपर्ने निर्णय गरेको हो।
    तोकिएको समयसीमाभित्र सञ्चालन अनुमति नलिई सेवा सञ्चालन गरेको पाइएमा प्रचलित कानुनअनुसार कारबाही अघि बढाइने नगरपालिकाले बताएको छ।
   यस निर्णयसँगै अवैध रूपमा सञ्चालनमा रहेका स्वास्थ्य संस्थाहरूलाई कानुनी दायरामा ल्याउने र स्वास्थ्य सेवाको गुणस्तर सुधार गर्ने लक्ष्य राखिएको नगरपालिकाले जनाएको छ।

No comments:

Post a Comment