Translate

Thursday, April 30, 2026

एनसिइ नेपालको पहलमा गोडैताको माधोपुरमा विद्यालय भर्ना अभियान

 


मधेशदूत समाचारदाता----
सर्लाही,बैशाख १७

    एनसिइ नेपाल जिल्ला समिति सर्लाहीको आयोजना तथा श्री जनता आधारभूत विद्यालय, गोडैता नगरपालिका–११ माधोपुरको सहकार्यमा विद्यालय भर्ना अभियान २०८३ सञ्चालन गरिएको छ।
   अभियान अन्तर्गत आयोजित शैक्षिक जुलुसमा विद्यालयका प्रधानाध्यापक रामनाथ चौधरी, शिक्षकहरू नागेश्वर राउत र रामनरेश मण्डल, व्यवस्थापन समिति सदस्य राम बिलास मण्डल लगायत अभिभावक र विद्यार्थीहरूको उत्साहजनक सहभागिता रहेको थियो। 
    शैक्षिक जुलुसले गाउँका विभिन्न क्षेत्रको परिक्रमा गर्दै बालबालिकालाई विद्यालय भर्ना गराउन अभिभावकहरूलाई सचेतना प्रदान गरेको थियो। अभियानको उद्देश्य विद्यालय बाहिर रहेका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउनु र सबैलाई विद्यालयमा भर्ना गराउने रहेको एनसिइ नेपाल जिल्ला समिति सर्लाहीका संयोजक तथा अधिवक्ता राजेश पासवानले मधेशदूतलाई बताएको छ।
   स्थानीय स्तरमा गरिएको यस्तो अभियानले शिक्षा प्रति जनचेतना अभिवृद्धि हुनुका साथै विद्यार्थी भर्ना दर बढ्ने विश्वास लिइएको छ।

No comments:

Post a Comment