Translate

Thursday, April 2, 2026

सर्लाहीबाट काठमाडौँ जाँदै गरेका युवकको बाटोमै मृत्यु

 


मधेशदूत समाचारदाता---
सर्लाही, चैत २०

   पूर्वपश्चिम राजमार्गअन्तर्गत बाराको निजगढमा बिहीबार दिउँसो भएको सवारी दुर्घटनामा सर्लाहीका एक युवकसहित दुई जनाको ज्यान गएको छ। मृत्यु हुनेमा सर्लाही लालबन्दी नगरपालिका–७ का २२ वर्षीय वैभव ढुङ्गाना र बाराको निजगढ नगरपालिका–६ धियालटोलका २३ वर्षीय सुरेश श्रेष्ठ रहेका छन्।
   इलाका प्रहरी कार्यालय निजगढका अनुसार, सर्लाहीबाट काठमाडौँतर्फ जाँदै गरेको बागमती प्रदेश २–०४२प ९८२४ नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट आइरहेको बागमती प्रदेश ३–००४प ३६६१ नम्बरको मोटरसाइकल निजगढ नगरपालिका–९ पश्चिम लच्कामा एकापसमा ठोक्किएका थिए।
   दुर्घटनामा गम्भीर घाइते भएका दुवै जनालाई उपचारका लागि छुट्टाछुट्टै अस्पताल लगिएको थियो। ढुङ्गानालाई एलएस न्यूरो अस्पताल गण्डक र श्रेष्ठलाई कलैयास्थित प्रादेशिक अस्पताल पुर्‍याइए पनि चिकित्सकले दुवैलाई मृत घोषणा गरेका हुन्।
प्रहरीले दुर्घटनाको कारणबारे थप अनुसन्धान भइरहेको जनाएको छ।

No comments:

Post a Comment