Translate

Monday, March 23, 2026

सर्लाहीमा बज्जिका भाषाको नयाँ पुस्तक लोकार्पण

  


मधेशदूत समाचारदाता----
सर्लाही,चैत १०

    सर्लाहीको गोडैता नगरपालिकामा  बज्जिका भाषामा प्रकाशित नयाँ पुस्तकहरुको लोकार्पण गरिएको छ। हालै सम्पन्न एक कार्यक्रममा स्थानीय बुद्धिजीवी, साहित्यप्रेमी, शिक्षक, विद्यार्थी र स्थानीय सर्वसाधारणहरुको उपस्थितिमा साहित्यकार रामचन्द्र महतो कुशवाहा द्वारा लिखित बज्जिका भाषाका पुस्तकहरुको लोकार्पण गरिएको हो। 
   कार्यक्रमको अध्यक्षता  साहित्यकार रामचन्द्र महतोले गरेका थिए भने प्रमुख अतिथिको रुपमा गोडैता नगरपालिकाका नगरप्रमुख देवेन्द्र यादव उपस्थित भएका थिए। विशिष्ट अतिथिको रुपमा प्रकाश प्रसाद गुप्ता (वडा अध्यक्ष), संजय साह, शिवचन्द्र साह, विन्दा सहनी र किशुन दयाल यादव  सहभागी भएका  थिए।
    पुस्तकको लोकार्पण पछि अतिथि वक्ताहरूले यस्ता पुस्तकले बज्जिका भाषाको संरक्षण र प्रवर्द्धनमा महत्वपूर्ण योगदान पुर्याउने बताए। पुस्तकका लेखक तथा सम्पादकले पुस्तक तयार पार्दाको अनुभव, उद्देश्य र तयारी प्रक्रियाबारे  जानकारी गराएका थिए।


No comments:

Post a Comment